१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बेलायतको तयारी

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले संयुक्त राष्ट्रसङ्घको महासभाको आगामी सेप्टेम्बर बैठकमा प्यालेस्टिनलाई  स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताएका छन्। तर, यसका लागि उनले केही सर्तहरू राखेका छन्।

प्रधानमन्त्री सिर कियर स्टार्मरले भने, ‘बेलायतले सेप्टेम्बरमा प्यालेस्टिनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनेछ, यदि इजरायलले गाजामा भइरहेको भयावह परिस्थितिको अन्त्य गर्न ठोस कदम नचालेमा।’

प्रधानमन्त्रीले भने, ‘इजरायलले युद्ध विराममा सहमति जनाउनु पर्नेछ, दुई–राष्ट्र समाधान दिने दीर्घकालीन र दिगो शान्तिका लागि प्रतिबद्ध हुनुपर्नेछ, र संयुक्त राष्ट्रसंघलाई मानवीय सहयोग पुनः आपूर्ति गर्न दिनुपर्नेछ ।’यदि यी सर्तहरू पुरा भएनन् भने बेलायतले सेप्टेम्बरको संयुक्त राष्ट्र महासभामा प्यालेस्टिनलाई मान्यता दिने निर्णय गर्ने उनले बताए। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने यो कदम ‘हमास’को क्रूर आतङ्कवादलाई पुरस्कार दिने’ कार्य भएको टिप्पणी गरेका छन्।यसअघि फ्रान्सले पनि प्यालेस्टिनलाई  मान्यता दिने घोषण गरेको थियो। 

प्रकाशित: १४ श्रावण २०८२ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App