१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यूएसएआईडी कटौतीले १ करोड ४० लाख बढीको ज्यान जाने जोखिम

'द ल्यान्सेट' मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धानले अमेरिकाले प्रदान गर्ने मानवीय सहायतामा कमीका कारण २०३० सम्ममा १ करोड ४० लाख मानिसको मृत्यु हुने जोखिम देखाएको छ।

सोमबार प्रकाशित अनुसन्धानले आर्थिक सहायतामा कटौतीका कारण मृत्युको जोखिममा रहेका १ करोड ४० लाख मानिसहरूमध्ये एक तिहाइ बालबालिका रहेको बताएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) द्वारा सञ्चालित ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको बताएका थिए।

'धेरै कम र मध्यम आय भएका देशहरूका लागि यो झट्का विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मात्रासँग तुलना गर्न सकिन्छ,' ल्यान्सेट रिपोर्टका सह-लेखक डेभिड रसेलाले भने।

१३३ देशहरूको तथ्याङ्क हेर्दा अनुसन्धानकर्ताहरूको टोलीले अनुमान गरेको छ कि यूएसएआईडी कोषले २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा ९ करोडभन्दा बढी मृत्युलाई रोकेको छ।

युएसएआईडीले विश्वभरका १०० भन्दा बढी देशहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। युएसएआईडीलाई अमेरिकी बजेटबाट रकम विनियोजन गरिएको थियो।

२०२४ मा अमेरिकाले यूएसएआईडीका लागि ४४.२० अर्ब डलरको कोष छुट्याएको थियो। यो २०२४ का लागि अमेरिकाको कुल बजेटको ०.४ प्रतिशत थियो। बिबिसी

प्रकाशित: १७ असार २०८२ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App