३२ असार २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्यक्रम बन्द नहुने, तेहरान हल्लाएको दाबी

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको थियो। दुवै देशले यसको पुष्टि गरेका छन् र यो युद्धमा आफ्नो विजयको दाबी पनि गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले इरानविरुद्ध ऐतिहासिक विजय हासिल गरेको बताएका छन्, जुन पुस्तौंसम्म याद रहने उनको दाबी छ। उनले भने, ‘हामी सिंहजस्तै उठ्यौं र हाम्रो गर्जनले तेहरानलाई हल्लायो।’

अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले आणविक कार्यक्रम नरोक्ने स्पष्ट पारेका छन्। उनले भने, ‘हामीले यो प्रविधि प्राप्त गर्न धेरै कडा परिश्रम गरेका छौं। हाम्रा वैज्ञानिकहरूले त्याग गरेका छन्।’

युद्धविरामपछि इरानको राजधानी तेहरानमा विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मंगलबार बिहान सामाजिक सञ्जालमार्फत दुई देशबिच युद्धविराम भएको जानकारी दिएका थिए। सीएनएनले एक गोप्य अमेरिकी रिपोर्टलाई उद्धृत गर्दै इरानको आणविक स्थलहरूमा अमेरिकी हवाई आक्रमणपछि उसको आणविक कार्यक्रमको मूल नष्ट नभएको बताएको छ।

एक गोप्य स्रोतले सीएनएनलाई बताएअनुसार यो आक्रमणले इरानको आणविक कार्यक्रमलाई केही महिनामात्र पछि धकेलेको छ। तर, ट्रम्पले आक्रमणलाई ठूलो सफलताको रूपमा वर्णन गर्दै इरानको आणविक केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको दाबी गरेका छन्। एजेन्सी

प्रकाशित: ११ असार २०८२ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App