९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमाथि इजरायलको आक्रमण : दुई सय २४ को मृत्यु, १४ सय बढी घाइते

इजरायलले शुक्रबारदेखि इरानमाथि गरेको सैन्य कारबाहीमा ठूलो क्षति भएको छ। 

इजरायली आक्रमणले तेहरानको आवासीय क्षेत्रमा प्रहार गर्दा इरानको परराष्ट्र मन्त्रालयको भवनमा क्षति पुगेको जानकारी दिइएको छ। तेहरानको उत्तरी क्षेत्रमा रहेको नार्मक जिल्लामा भएको आक्रमणमा धेरै आवासीय भवनहरू ध्वस्त भएका छन्।

भवनमा सामान्य क्षति पुगेको तर कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले जानकारी दिए। उनले भने, ‘इजरायलले आफ्नो आक्रमणलाई सटीक भन्दै आवासीय क्षेत्रलाई निशाना नबनाएको धारणा प्रवर्द्धन गर्न खोजिरहेको छ, जुन सत्य होइन।’ 
पछिल्लो जानकारीअनुसार इजरायलको आक्रमणमा हालसम्म कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको छ। मृतकमा ७० महिला र बालबालिका समेत समावेश छन्।  तेहरानमा १० बालबालिका अझै भग्नावशेषमुनि फसेका छन्। 

इरानले पछिल्लो आक्रमणमा ७८ जनाको मृत्यु भएको भनेको छ। त्यस्तै तीन सय २९ जना घाइते भएका छन्। यो सँगै आक्रमण सुरु भएदेखिको आक्रमणमा १४ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

इजरायलले ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत चार दिनदेखि दैनिकजसो इरानका परमाणु, सैन्य, र ऊर्जा क्षेत्रमा आक्रमण गर्दै आएको छ। इजरायलले तेहरान, नातान्ज, इस्फाहान, लगायतका क्षेत्रमा भौतिक संरचनाहरूमा क्षति पुर्‍याएको छ। तेहरानमा खोजी र उद्धार कार्य जारी छ।

प्रकाशित: २ असार २०८२ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App