४ श्रावण २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एयर इन्डिया विमान दुर्घटना: प्रहरीले भन्यो- कोही जीवित भेटिएनन्

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको बताइएको छ। समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको पुष्टि गरेको हो।

एयर इन्डियाको उडान संख्या एआइ-१७१, बोइङ ७८७ विमान अहमदाबादबाट लन्डनका लागि उडेको थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित कुल २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए।

दुर्घटनास्थलबाट निकालिएका अधिकांश शवहरू नराम्ररी जलेको अवस्थामा भेटिएका छन्, जसकारण उनीहरूको पहिचान गर्न अत्यन्तै कठिन भइरहेको छ। अधिकारीहरूका अनुसार, शवहरूको पहिचान अब डीएनए परीक्षणपछि मात्र सम्भव हुनेछ।

विमान विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किएको थियो। जानकारी अनुसार, दुर्घटनाको समयमा भवनमा ५० देखि ६० जना डाक्टरहरू थिए। जसमध्ये १५ भन्दा बढी घाइते भएका छन्।

एयर इन्डियाको विमानले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि नै १:४० बजे दुर्घटनाग्रस्त भएको थियो।

तस्बिरहरु: एएफपी

प्रकाशित: २९ जेष्ठ २०८२ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App