२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुजरात विमान दुर्घटनाः कम्तीमा १२० जनाको मृत्यु!

भारतको गुजरातमा भएको एयर इन्डियाको हवाई जहाज दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु भएको आशंका गरिएको छ। भारतीय सञ्चारमाध्यममा आएका समाचारअनुसार १२० भन्दा बढी मानिसको हताहती भएका समाचार छन्।  

लन्डनका लागि अहमदावादस्थि सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३८(भारतीय समय)मा उडेको एयर इन्डियाको जहाज उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो। जहाजमा २४२ जना यात्रु सवार रहेको भनिएको छ।  

दुर्घटनाग्रस्त विमान सहरी क्षेत्रमै खसेकाले पनि क्षतिको जोखिम अझ बढी रहेको भनिएको छ। विमान एक सिविल हस्पिटलका  चिकित्सक बस्ने घरको छतमाथि खसेको थियो। जहाँ रहेका केही डाक्टरको समेत ज्यान गएका समाचार छन्।  

जहाज दुर्घटनापछि लागेको आगो निकै भयानक देखिन्छ। अहिले उद्धार कार्य चलिरहेको छ।  

प्रकाशित: २९ जेष्ठ २०८२ १७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App