९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा २४२ यात्रु सवार

Photo Credit : PTI

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको र त्यसको दुई मिनेटपछि १:४० मा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो।

विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ।

हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।

घटनालगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल सुरतबाट अहमदाबादका लागि प्रस्थान गरिसकेका छन्। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र आपत्कालीन सेवाका कयौँ टोलीहरू विमानस्थलतर्फ पठाइएको छ।

यसैबीच, दुर्घटनाको खबर पाउनेबित्तिकै केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग फोनमा कुरा गरी घटनाबारे जानकारी लिएका छन्। र आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

प्रकाशित: २९ जेष्ठ २०८२ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App