अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूमाथि लगाएको ट्राभल प्रतिबन्ध सोमबारदेखि लागू भएको छ ।
ट्रम्पले गत साता यो आदेशमा हस्ताक्षर गरेका थिए । यो आदेश अन्तर्गत विश्वका १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा निषेध गरिएको छ । सोमबारदेखि यी देशका नागरिकले अमेरिका यात्रा गर्न पाउने छैनन् ।
ट्रम्पले ट्राभल प्रतिबन्ध लगाएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
यसैगरी, सात देशका नागरिकहरूको अमेरिका प्रवेशलाई आंशिक रूपमा सीमित गरिएको छ। यी देशहरूमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
प्रकाशित: २६ जेष्ठ २०८२ १७:१४ सोमबार





