२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

पारिवारिक विवादमा तीन महिने शिशुको मृ*त्यु, चार जना पक्राउ

झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १:२० बजे ६८ वर्षीय मनबहादुर तामाङ, उनकी श्रीमती ६२ वर्षीया आशा तामाङ, छोरा ३४ वर्षीय फुर्बा सिंह तामाङ र बुहारी ३८ वर्षीया बिमला भारतीबिच घरायसी विषयमा विवाद भएको थियो।

विवादका क्रममा मनबहादुरले बुहारी बिमलालाई कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङ घाइते भएका थिए। उपचारका लागि दमक अस्पताल लगिएका शिशुको दिउँसो २:०५ बजे उपचारकै क्रममा ज्यान गएको हो।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८३ २२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App