६ असार २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनसँग चाँडो भेट्ने ट्रम्पको चाहना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताएका छन्।

रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘वातावरण बनेमा म यहाँबाट टर्की जानेछु। जतिसक्दो चाँडो हामी यसलाई व्यवस्था मिलाउने कोसिस गरिरहेका छौँ।’

तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक रुस-युक्रेन शान्ति वार्तामा सहभागी हुन आफू टर्की जान इच्छुक रहेको ट्रम्पले बताए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीको भ्रमण गरे पनि रुसी समकक्षीले आमनेसामने वार्ताका लागि गरेको आह्वान अस्वीकार गरेपछि आफू वार्तामा सहभागी नहुने बताएका थिए।

जेलेन्स्कीले पुटिनलाई आफू शान्तिप्रति गम्भीर रहेको प्रमाणित गर्न प्रत्यक्ष वार्ता गर्न चुनौती दिएका थिए। पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणपछि पहिलो पटक प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए, तर रुसले निम्न स्तरको प्रतिनिधिमण्डल पठाएको थियो।

पुटिनलाई भेट्नुको महत्त्वमा ट्रम्पको जोड पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको अडानको ठीक विपरीत छ। बाइडेनले युक्रेनले मात्र आफ्नो भविष्यका लागि वार्ता गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए। एएफपी

प्रकाशित: २ जेष्ठ २०८२ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App