८ असार २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासले रिहा गर्‍यो अन्तिम अमेरिकी इजरायली बन्धक

अक्टोबर २०२३ देखि गाजामा बन्धक बनाइएका अमेरिकी इजरायली एडन अलेक्ज्याण्डर आफ्नो परिवारसँग पुनर्मिलन भएका छन्।

अलेक्ज्याण्डरलाई गाजामा १९ महिनासम्म बन्धक बनाइएको थियो।

अक्टोबर ७, २०२३ मा जब हमासले इजरायलमा आक्रमण गर्‍यो, २१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए।

एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनको हुर्काइ अमेरिकाको न्यु जर्सीमा भएको थियो।

सोमबार इजरायलले उनको रिहाइ सुरक्षित गर्न गाजामा केही घण्टाको लागि सैन्य कारबाही रोक्यो।

हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबार मध्यपूर्व भ्रमणअघि सम्भावित नयाँ युद्धविराम सम्झौताको बारेमा सकारात्मक सन्देश पठाउन यो रिहाइ गरिएको हो।

अलेक्ज्याण्डर हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिक मानिन्छन्।

राष्ट्रपति ट्रम्पले उनको रिहाइको लागि उनको परिवारलाई बधाई दिए।

हमासले पहिले भनेको थियो कि अलेक्ज्याण्डरको रिहाइको उद्देश्य गाजा पट्टीमा मानवीय सहायता प्रवेशको लागि मार्ग प्रशस्त गर्नु थियो।

इजरायलले विगत ७० दिनदेखि गाजामा राशन, औषधि र अन्य मानवीय सहायताको आपूर्ति रोकेको छ।

सहायता एजेन्सीहरूले इजरायलको यो कदम भोकमरीलाई हतियारको रूपमा प्रयोग गर्नु बराबर र युद्ध अपराध भएको बताएका छन्।

यस वर्षको मार्चको मध्यदेखि इजरायलले गाजामा फेरि बमबारी र सैन्य कारबाही तीव्र पारेको छ। एजेन्सी

प्रकाशित: ३० वैशाख २०८२ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App