१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको दाबी: सयभन्दा बढी आतंककारी मारिए

भारत र पाकिस्तानबीच संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै आतङ्कविरुद्ध भएको कारबाहीबारे जानकारी गराएका छन्।

उनले भारतले पाकिस्तानस्थित आतंकवादी ठेगानामाथि प्रहार गर्दा आतङ्ककारी संगठनहरूको मनोबल नै धरासायी भएको दाबी गरे।

‘भारतका मिसाइल र ड्रोन आक्रमणले आतङ्कका अखडाहरू मात्रै ध्वस्त पारेनन्, उनीहरूको हौसला पनि चकनाचुर बनाइदियो,’ प्रधानमन्त्री मोदीले सम्बोधनमा भने।

उनका अनुसार पाकिस्तानको बहावलपुर र मुरीदकेजस्ता स्थानहरू दशकौंदेखि आतङ्कवादको ‘ग्लोबल युनिभर्सिटी’ बनेका थिए।

‘विश्वका ठूला आतङ्कवादी आक्रमणहरू, चाहे ९/११ होस् वा लण्डन ट्युब बम विस्फोट, अथवा भारतमा भएका ठूला आतङ्ककारी हमला, सबैको सम्पर्क यिनै आतङ्कका अड्डासँग जोडिएको पाइन्छ,’ उनले दाबी गरे।

प्रधानमन्त्री मोदीले भारतीय नागरिकमाथि भएका आतङ्ककारी हमलाको प्रतिशोधस्वरूप यस्ता अड्डाहरूलाई ध्वस्त पारिएको उल्लेख गरे। ‘हाम्रा छोरीहरुको सिन्दूर पुछ्ने आतङ्ककारीहरूको मनोवृत्तिलाई भारतले यथोचित उत्तर दिएको छ,’ उनले भने।

भारतको सैन्य कारबाहीमा सयभन्दा बढी कुख्यात आतङ्ककारीहरू मारिएको प्रधानमन्त्री मोदीले दाबी गरेका छन्।

प्रकाशित: २९ वैशाख २०८२ २०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App