१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आतंकवादलाई नष्ट गर्न सेनालाई पूर्ण छूट: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध कडा कारबाहीका लागि सेनालाई पूर्ण अधिकार दिएको बताएका छन्।

भारत र पाकिस्तानबीचको संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले भारतको सुरक्षा र शान्ति भंग गर्ने कुनै पनि आतंककारी समूहलाई नतिजा भोग्न तयार रहन चेतावनी दिए।

प्रधानमन्त्री मोदीले भने, ‘आतंककारीहरूलाई भूमिमा मिलाउनका लागि भारतको सेनालाई पूर्ण छूट दिइएको थियो। आज हरेक आतंककारी र तिनका संरक्षकहरूले बुझिसकेका छन् कि हाम्रो बहिनी–छोरीहरूको सिन्दूर मेटाउने दुस्साहसको परिणाम कति भयावह हुन्छ।’

उनका अनुसार हालैको आक्रमणपछि सम्पूर्ण राष्ट्र, समाजका हरेक वर्ग, हरेक राजनीतिक दल एक स्वरमा आतंकवादविरुद्ध कठोर कारबाहीको पक्षमा उभिएको छ। ‘आतंकविरोधी कारबाहीको मागमा सम्पूर्ण भारत एकमत छ,’ उनले थपे।

प्रधानमन्त्री मोदीले २२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकी हमलाको स्मरण गर्दै त्यसलाई देशको सद्भावमाथि भएको कायर हमला भने। उनले निर्दोष सर्वसाधारणलाई उनीहरूकै परिवारको अगाडि निर्ममतापूर्वक हत्या गरिएको घटनाले देश र विश्वलाई दुखी तुल्याएको बताए।

‘छुट्टी मनाउन गएका निर्दोष मानिसहरूलाई परिवारका अगाडि, सन्तानका अगाडि हत्या गर्नु आतंकको सबैभन्दा वीभत्स रुप हो। यो घटना मेरो लागि व्यक्तिगत रूपमा पनि निकै पीडादायी थियो,’ प्रधानमन्त्री मोदीले भावुक हुँदै भने।

प्रकाशित: २९ वैशाख २०८२ २०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App