२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजावासी भन्छन् : अभावमा बाच्नुभन्दा मर्नु ठीक

अमेरिकाका २१ वर्षीय एडन अलेक्ज्यान्डरलाई हमास समूहले रिहाईको पर्खाइमा रहेका बेला गाजावासीले इजरायलसँगको युद्धले निराश बनाएको बताएका छन् । गत मार्च १८ मा दुई महिने युद्धविराम तोड्दै इजरायलले पुनः आक्रमण सुरु गरेपछि गाजावासी चिन्तित बनेका हुन् ।  

रोएटर्ससँगको कुराकानीमा गाजा निवासी आयमन नास्सरले इजरायली नाकाबन्दी अन्त्यको माग गरे । उनले भने, 'हामी सहायता चाहन्छौं, किनकि हामी भोकमरीको अवस्थामा छौं, हामीसँग खाना, पीठो केही पनि छैन।'  

अर्का गाजा निवासी महेर अल जोरानीले पनि स्थायी युद्धविरामको माग गरेका छन् । भन्छन्, 'हामी अस्थायी युद्धविराम होइन, स्थायी युद्धविराम चाहन्छौं। हामी थाकिसक्यौं र निराश छौं । मृत्युकै कामना गरिरहेका छौं ।'

उनले चारैतिरबाट लगाइएको नाकाबन्दीले चरम अभाव रहेको बताउँदै भने, 'यो अभावमा बाँच्नुभन्दा मर्नु नै राम्रो लाग्छ।'

युद्धविराम तोडेयता इजरायलले मार्च १८ यता खाद्यान्न, औषधि र अन्य मानवीय सहयोग सामग्री गाजामा प्रवेश गर्न दिएको छैन। सहयोग संस्थाहरूले यो कदमलाई भोकमरीको नीतिको रूपमा हेरेका छन्, जुन युद्ध अपराध हुनसक्ने उनीहरूको भनाइ छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ मा इजरायली आक्रमण सुरु भएपछि गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्। मार्चमा आक्रमण पुनः सुरु भएपछि मात्रै २ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ । 

प्रकाशित: २९ वैशाख २०८२ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App