१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुससँग इस्तानबुलमा वार्ता गर्न युक्रेन तयार

राष्ट्रपति जेलेन्स्की भन्छन्, 'युद्ध अन्त्यको पहिलो कदम युद्धविराम हो'

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युद्धविरामका लागि आफू रुससँग वार्ताका लागि तयार रहेको बताएका छन् ।  

युद्ध अन्त्यका लागि मस्कोबाट आइरहेका कुराहरु सकारात्मक रहेको बताउँदै जेलेन्स्कीले कीभ युद्धविराम वार्ताका लागि रसियासँग भेट्न तयार रहेको बताएका हुन् । राष्ट्रपति भ्यादिमिर पुटिनको इस्तानबुल वार्ताका लागि दिएको प्रस्तावमा प्रत्यक्ष प्रतिक्रिया नदिए पनि जेलेन्स्कीले भनेका छन्, 'रूसीहरूले अन्ततः युद्ध अन्त्य गर्न विचार गर्न थालेको तथ्य सकारात्मक संकेत हो।'

यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले १५ मेमा युक्रेनसँग "प्रत्यक्ष वार्ता" को आह्वान गरेका थिए। उक्त घोषणाका केही घण्टापछि युरोपेली नेताहरूले कीभमा भेट गरी ३० दिने युद्धविरामको माग गरेका थिए। 

सारा संसारले यो कुराको धेरै लामो समयदेखि प्रतीक्षा गरिरहेको बताउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कुनै पनि युद्ध अन्त्य गर्ने पहिलो महत्वपूर्ण कदम भनेको युद्धविराम नै भएको चर्चा गरेका छन् ।  

उनले भनेका छन्, 'अझै एक दिन पनि हत्या जारी राख्नुको कुनै औचित्य छैन। हामी भोलि १२ मेबाट सुरु हुने पूर्ण, स्थायी र विश्वसनीय युद्धविरामको पुष्टि रसियाबाट अपेक्षा गर्छौं, र युक्रेन त्यसका लागि तयार छ।'

यसैबीच, तीन दिने युद्धविराम समाप्त भएपछि रूसबाट दर्जनौँ ड्रोन आक्रमण भएको युक्रेनले दाबी गरेको छ । 

प्रकाशित: २८ वैशाख २०८२ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App