अमेरिकामा जन्मिएका ६९ वर्षीय रबर्ट प्रिभोस्ट १.४ अर्ब क्याथोलिकहरूको सर्वोच्च धर्मगुरु पोप चयन भएका छन्। उनले आफ्नो पोप पदको नाम लेओ चौधौं राखेका छन् । पिटर स्क्वायरमा उपस्थित लाखौं श्रद्धालुहरूलाई सम्बोधन गर्दै उनले भने, “शान्ति तपाईंहरू सबैसँग होस्।”
पहिलो अमेरिकी पोप
यो एक ऐतिहासिक निर्णय हो, किनकि अमेरिकी नागरिकलाई पोप बनाउने परम्परा अहिलेसम्म थिएन। दी न्यूयोर्क टाइम्सका रोमस्थित संवाददाता जेसन होरोविट्जले भनेका छन्, “विश्व नै उल्टो हुँदै गर्दा, भ्याटिकनका परम्परागत सोचहरू पनि टुट्दैछन्।”
शिकागोमा जन्मिएका प्रिभोस्टले जीवनको ठूलो हिस्सा अमेरिकाबाहिर बिताए । विशेषगरी पेरुमा २० वर्षसम्म धर्मगुरुको रूपमा सेवा दिए।
उनलाई पोप फ्रान्सिसले करिब दुई वर्षअघि कार्डिनल बनाएका थिए। फ्रान्सिसको मृत्युअघिसम्म उनी बिशप नियुक्त गर्ने मुख्य कार्यलयको प्रमुख थिए। उनी पनि फ्रान्सिसकै जस्तै गरी गरिब, आप्रवासी र साधारण मानिसप्रति समर्पित छन्। एलजिबिटिक्यूप्लस समुदायप्रति कस्तो दृष्टिकोण राख्ने हुन् भन्ने अझै स्पष्ट छैन।
उनले शुक्रबार सिस्टिन च्यापलमा कार्डिनलहरूसँग मिस्सा गर्नेछन्, आइतबार प्रार्थना गर्नेछन्, र सोमबार पत्रकारहरूसँग भेटघाट हुनेछ।
पोप लियो १४औंले पूर्व पोप फ्रान्सिसको नीतिलाई निरन्तरता दिने कि नयाँ मार्ग अपनाउने भन्ने विषयमा चुनौतीपूर्ण निर्णयहरू गर्नुपर्नेछ।
पोप लियो १४औं को बारेमा
जन्मः शिकागो, अमेरिका
उमेरः ६९ वर्ष
अनुभवः २० वर्षभन्दा बढी समय पेरुमा मिशनरी, पादरी, शिक्षक र बिशपको रूपमा सेवा
संगठनः सन्त अगस्टिनको आदेश
- क्याथोलिक बिशपहरूको नियुक्ति हेर्ने कार्यालयको प्रमुख थिए ।
- पोप फ्रान्सिसले उनलाई दुई वर्षअघि कार्डिनल बनाएका थिए
- उनले गरिब, आप्रवासीहरूप्रति प्रतिबद्धता जनाएका छन्। तर, एलजीबीटी समूदायप्रति कस्तो दृष्टिकोण राख्नेछन् भन्ने विषयमा अझै स्पष्ट छैन।
आगामी कार्यतालिका
शुक्रबारः कार्डिनलहरूसँग सिस्टिन च्यापेलमा विशेष प्रार्थना
आइतबारः सेंट पीटर्स बासिलिकामा सार्वजनिक प्रार्थना
सोमबारः पत्रकारहरूसँग भेटघाट
प्रकाशित: २६ वैशाख २०८२ १४:४६ शुक्रबार