२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको आक्रमणपछि धर्मशालाको ‘लाइट अफ’, रोकियो आइपिएल

<br>

पाकिस्तानको आक्रमणपछि धर्मशालामा जारी इण्डियन प्रिमियर लिगको खेल स्थगित गरिएको छ।

पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच जारी खेल रोकिँदा मैदानका सबै फ्लड लाइटहरू बन्द गरिएका छन् भने दर्शकहरूलाई स्टेडियमबाट बाहिर निकालिएको छ।

खेल रोकिनु अघि पंजाब किंग्सले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो।

क्रीजमा प्रभसिमरन सिंह र श्रेयस अय्यर थिए। प्रारम्भिक ब्याट्सम्यान प्रियांश आर्या ७० रन बनाएर आउट भएका थिए। उनलाई टी. नटराजनको बलमा माधव तिवारीले क्याच गरेका थिए।

सुरक्षाका कारण खेल तत्कालका लागि स्थगित गरिएको आयोजकले जनाएका छन्। मैदान वरिपरि सुरक्षा सतर्कता बढाइएको छ भने दर्शकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया जारी छ।

प्रकाशित: २५ वैशाख २०८२ २१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App