१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ। भारतले पाकिस्तानमा रहेका 'आतंकवादी लुक्ने ठाउँहरू' लाई लक्षित गरेको बताएको छ। यसैबीच, पाकिस्तानले आफ्नो भूमिमा 'आतंकवादी शिविर' रहेको भारतको दाबीलाई अस्वीकार गरेको छ।

अहिलेसम्म के-के भयो?

भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमणको घोषणा गरेको छ। भारतले यस कारबाहीलाई 'अपरेशन सिन्दूर' नाम दिएको छ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पहलगाम आक्रमणको अनुसन्धानले आतंककारीहरूको पाकिस्तानसँगको सम्बन्ध उजागर गरेको बताएका छन्। उनले भने, 'पाकिस्तानमा आधारित "आतंकवादी" मोड्युलहरूमाथि भारतको गुप्तचर निगरानीले भारतविरुद्ध थप आक्रमण हुन सक्ने संकेत गरेको थियो र त्यसैले यसलाई सम्बोधन गर्न आवश्यक मानिएको थियो।'

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई निशाना बनाएको बताएको छ। जबकि पाकिस्तानले पछि आक्रमणहरू छ स्थानमा भएको बताएको थियो।

पाकिस्तानले बारम्बार पाँच भारतीय जेट र एक ड्रोन खसालेको दाबी गरेको छ, जसलाई भारतले भने पुष्टि गरेको छैन।

बुधबार राष्ट्रलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानले आफ्नो "प्रतिक्रिया" दिएको बताएका थिए।

पाकिस्तानले भारतको कारबाहीमा ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको बताएको छ।

यसैबीच, भारतीय सेनाले नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ।

विश्वभरका नेताहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न अपील गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कुनै पनि तरिकाले सहयोग गर्न सकिन्छ भने त्यो गर्ने बताएका छन्। बीबीसी

प्रकाशित: २५ वैशाख २०८२ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App