१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोप अवतारमा ट्रम्पको तस्बिर : पवित्रताको अपमान भन्दै विश्वभर विवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमा पोस्ट गरेको एक एआई-निर्मित तस्बिरले विश्वभर विवाद निम्त्याएको छ। उक्त तस्बिरमा ट्रम्पलाई पोपको अवतारमा प्रस्तुत गरिएको छ। 

तस्बिर भाइरल भएसँगै धेरैले यसलाई आपत्तिजनक र अपमानजनक ठान्दै विरोध जनाएका छन्। ट्रम्पले यो तस्बिर आफ्नो ट्रुथ सोसल खातामा बिना कुनै क्याप्सन पोस्ट गरेका थिए।

२१ अप्रिलमा पोप फ्रान्सिसको निधन भएपछि भ्याटिकन नयाँ पोपको खोजीमा छ। विश्वभरका क्याथोलिक समुदाय पोप फ्रान्सिसको निधनको शोकमा छन्। नयाँ पोप चयनका लागि ७ मेमा सुरु हुने कन्क्लेभको ठीक अगाडि ट्रम्पले यस्तो पोस्ट गरेका हुन्।

यसअघि २९ अप्रिलमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘म पोप बन्न चाहन्छु, त्यो मेरो पहिलो रोजाइ हुनेछ’ भन्दै ठट्टा गरेका थिए। तर यो तस्बिरले उनको ठट्टालाई एक कदम अगाडि बढाएको छ।

उनको यो कदमले क्याथोलिक समुदायको धार्मिक भावनामा ठेस पुगेको भन्दै चर्को आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा धेरैले यो तस्बिरलाई ‘पवित्रताको अपमान’ र ‘अनुचित’ भनेका छन्। यद्यपि, ट्रम्पका समर्थकहरूले यो तस्बिरलाई केवल मजाकको रूपमा लिएका छन्।

प्रकाशित: २१ वैशाख २०८२ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App