२४ चैत्र २०८१ आइतबार
image/svg+xml १२:५२ अपराह्न
अन्तर्राष्ट्रिय

पानीको बोतल छुने दलित विद्यार्थीको औंला भाँचियो

भारतको उत्तर प्रदेशस्थित एउटा विद्यालयमा पानीको बोतल छोएको निहुँमा शिक्षकको क्रूरताले हद पार गरेको छ। शिक्षकले दलित विद्यार्थीलाई पानीको बोतल छोएको भन्दै अमानवीय तरिकाले कुटपिट गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत शनिबारको हो। नरेन्द्र प्रताप सिंह मेमोरियल हाई स्कुलमा १२ कक्षामा पढ्ने निशान्तले कक्षाको टेबलमा राखिएको पानीको बोतल हातमा लिएका थिए। त्यसपछि रिसले आगो भएका शिक्षक मंगल सिंह शाक्यले निशान्तलाई जातीय गाली दिँदै कुटपिट गरेका हुन्। 

उनले बोतल अछुत भएको भन्दै आक्रोश पोखेको बताइएको छ । उनको यातना यतिसम्म थियो कि कुटपिटबाट विद्यार्थीका दुई औंला भाँचिए। त्यो मात्रै नभएर यसबारे कसैलाई भनेमा भयानक परिणाम भोग्नुपर्ने धम्की समेत दिएको पीडित विद्यार्थीले जानकारी दिएका छन्। 

निशान्तले भनेका छन्, ‘उसले मलाई जातीय शब्द प्रयोग गरेर गाली गर्यो। बिदाको समयमा, उसले मलाई कोठामा थुनेर कुटपिट गर्यो। उसले मेरा दुई औंला पनि भाँचिदियो।’ निशान्तको परिवारले प्रहरी चौकीमा उजुरी गर्न खोजे पनि सुरुमा दर्ता भएन। 

त्यसपछि उनीहरूले मंगलबार कलेक्टर कार्यालयमा गएर एसपीलाई भेटे। एसपीको आदेशमा शिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। एससी/एसटीसहित आठ गम्भीर धारामा मुद्दा चलाइएको छ। शिक्षक अहिले फरार छन्। प्रहरीले उनलाई चाँडै पक्राउ गर्ने जनाएको छ। 

प्रकाशित: २० चैत्र २०८१ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App