२ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:२७ अपराह्न
अन्तर्राष्ट्रिय

रुसले सुरु गर्‍यो ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल’ प्रयोग गर्ने सैन्य अभ्यास

रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रयोग गरेर सैन्य अभ्यास सुरु गरेको छ। यो कुरा रुसी रक्षा मन्त्रालयले बताएको छ।

तास समाचार एजेन्सीका अनुसार यो अभ्यास रणनीतिक रकेटको नियमित प्रशिक्षणको हिस्सा हो। यसमा आणविक मिसाइल लन्चरहरूलाई फिल्ड साइटमा तैनाथ गरिनेछ।

एजेन्सीले जनाएअनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रमा कमान्ड र स्टाफ अभ्यास चल्नेछ। यो क्रममा ‘यार्स अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल’ हस्तान्तरण गरिनेछ।

सैन्य टोलीले अभ्यासका बेला इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षासँग जोडिएका काम पनि गर्नेछ। ‘यार्स’ मिसाइलले आणविक हतियार बोक्न सक्छ र यसलाई ढुवानी गर्न वा भूमिगत लन्चरमा राख्न सकिन्छ।

प्रकाशित: १२ चैत्र २०८१ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App