१३ चैत्र २०८१ बुधबार
image/svg+xml १२:२८ अपराह्न
अन्तर्राष्ट्रिय

चीनमा बेलायती कम्पनीको ठूलो लगानी : २.५ अर्ब डलरको योजना घोषणा

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले आगामी ५ वर्षमा बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने ऐतिहासिक सम्झौता गरेको छ।

यो सम्झौताअनुसार कम्पनीले बेइजिङमा विश्वव्यापी रणनीतिक अनुसन्धान तथा विकास केन्द्र बनाउनेछ। यो विश्वमा छैटौं र चीनमा दोस्रो केन्द्र हुनेछ।

एस्ट्राजेनेकाका सीईओ पास्कल सोरियटको भनाइ छ, ‘यो लगानीले बेइजिङको विश्वस्तरीय जीवन विज्ञान र नवप्रवर्तनको वातावरणप्रति बहुराष्ट्रिय कम्पनीको भरोसा झल्काउँछ।’ 

कम्पनीले श्वासप्रश्वास र अन्य संक्रामक रोगलाई लक्षित गरेर नयाँ औषधि विकास, उत्पादन र बिक्री गर्न बेइजिङमा संयुक्त उद्यम पनि स्थापना गर्नेछ।

प्रकाशित: १० चैत्र २०८१ १०:२७ आइतबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App