३ वैशाख २०८२ बुधबार
image/svg+xml १५:४४ अपराह्न
अन्तर्राष्ट्रिय

युक्रेनमा इन्टरनेट बन्द गर्ने मस्कको धम्की

टेस्ला र स्टारलिङ्कका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन्। आइतबार मस्कले युक्रेनमा आफ्नो स्टारलिङ्क इन्टरनेट प्रणाली बन्द गर्ने धम्की दिँदै भने, 'युक्रेनको रक्षा रेखा ध्वस्त हुनेछ।'

मस्कको स्टारलिङ्क इन्टरनेट प्रणाली युक्रेनलाई सैन्य सञ्चार कायम राख्न सहयोगी भएको छ। मस्कले एक्समा पोस्ट गर्दै लेखे, 'स्टारलिङ्क प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो। युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु।'

यद्यपि, पछि उनले अर्को एक्स पोस्टमा स्पष्ट पार्दै भने, 'म युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि, म त्यहाँ स्टारलिङ्कको टर्मिनल कहिल्यै बन्द गर्ने छैन। म स्टारलिङ्क इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिनँ।'

यसअघि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको छ। न्यूयोर्क टाइम्सका अनुसार यसले एक अर्ब डलर बराबरको हतियार र गोला बारुद सहायतालाई असर गर्न सक्छ। यी चाँडै युक्रेनमा पुर्‍याइने थियो।

ट्रम्पको आदेशले युक्रेनले अमेरिकी रक्षा कम्पनीहरूबाट सिधै नयाँ सैन्य हार्डवेयर खरिद गर्न प्रयोग गर्न सक्ने सहायतालाई पनि रोक लगाएको छ। अमेरिकी सहायता निलम्बन गर्ने विषयमा राष्ट्रपति जेलेन्स्कीबाट कुनै प्रतिक्रिया आएको छैन।

ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई भने, 'यो निर्णय जेलेन्स्कीको खराब व्यवहारका कारण भएको स्पष्ट छ। यदि जेलेन्स्कीले युद्ध अन्त्य गर्न वार्ता गर्ने प्रयास गरे भने सायद यो प्रतिबन्ध हटाउन सकिन्छ।'

यस्तै अमेरिकाले मार्च ५ देखि युक्रेनसँग गोप्य जानकारी साझा गर्न प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) माइक वाल्ट्जले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्ने सन्दर्भमा हामी एक कदम पछि हटेको बताएका छन्। एजेन्सी

प्रकाशित: २७ फाल्गुन २०८१ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App