१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सेनाको दाबी : हमासले फरक व्यक्तिको शव दियो

प्यालेस्टिनी लडाकू संगठन हमासले बिहीबार चार इजरायली बन्धकहरूको शव बुझाएको छ। हमासका अनुसार तीनवटा शव दुई बालबालिका र उनीहरूकी आमा शिरी बिबासको थियो।

यस सम्बन्धमा इजरायली सेनाले हमासले शिरी बिबासको शव फिर्ता नगरेको शुक्रबार दाबी गरेको छ। उनको ठाउँमा अरू कसैको शव हस्तान्तरण गरिएको छ। यद्यपि, दुवै बालबालिकाको शव भने पहिचान भइसकेको छ।

इजरायली प्रहरी र बालबालिकाका परिवारको सहयोगमा राष्ट्रिय फोरेन्सिक मेडिसिन संस्थानले दुई बालबालिका (एरियल र केफिर बिबास) को शव पहिचान गरेको थियो। फोरेन्सिक रिपोर्ट अनुसार नोभेम्बर २०२३ मा हमासको कैदमा बालबालिकाको मृत्यु भएको थियो।

इजरायली सेनाले भन्यो, 'शव पहिचान गर्दा, यो शव शिरी बाबाको नभएको स्पष्ट भयो। यो शरीर हमासको हिरासतमा रहेका अन्य कुनै पनि व्यक्तिसँग मेल खाँदैन। यो कुनै अज्ञात लाश हो।'

इजरायली सेनाले यसो गरेर हमासले बन्धकहरूको रिहाइको सम्झौताको उल्लंघन गरेको बताएको छ। उसले भनेको छ, 'हामी हमासलाई शिरी बिबासको शव फिर्ता गर्न माग गर्छौं।' इजरायलको यो दाबीप्रति हमासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

केफिरलाई बन्दी बनाइँदा उनी केवल ९ महिनाका थिए। त्यतिबेला उनी हमासद्वारा बन्धक बनाइएका सबैभन्दा कान्छा व्यक्ति थिए। हमासले नोभेम्बर २०२३ मा दाबी गरेको थियो कि शिरी र उनका दुई बच्चाहरू इजरायली बम विस्फोटमा मारिएका थिए।

एक इजरायली अधिकारीले रोयटर्सलाई बताएअनुसार मृतक बन्धकहरूको नाम घोषणा गर्नुअघि इजरायलमा पहिचान गरिनेछ। यी शवहरूलाई फोरेन्सिक जाँचको लागि तेल अभिभस्थित अबु कबीर इन्स्टिच्युट अफ फोरेन्सिक मेडिसिनमा लगिनेछ। एजेन्सी

प्रकाशित: ९ फाल्गुन २०८१ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App