भारत उत्तर प्रदेशको झाँसीमा एक चार वर्षीया बालिकाले आफ्नी आमाको मृत्युको रहस्य खोलेकी छिन्।
चार वर्षीया छोरीले प्रहरीलाई आफ्नी आमाको मृत्यु कसरी भयो भनेर चित्रमार्फत बताएकी हुन्। ती बालिकाले चित्र बनाएर आफ्नी आमा सोनालीको मृत्युको रहस्य खोलेको प्रहरीले जनाएको छ। उनले सादा कागजमा चित्र बनाएर उनका बुबा सञ्जीवले उनकी आमाको हत्या गरेको बताइन्।
ती बालिकाले उनका बुबाले प्रायः उनकी आमालाई कुटपिट गर्ने गरेको प्रहरीलाई बताएकी थिइन्। यस घटनामा श्रीमान सञ्जीवसहित चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
२७ वर्षीया सोनालीको शंकास्पद परिस्थितिमा मृत्यु भएको थियो। सोनालीका आमाबाबुले उनका श्रीमान् र सासू ससुरामाथि हत्याको आरोप लगाएका थिए।
सोनाली र सञ्जीवको विवाह २०१९ मा भएको थियो। जानकारी अनुसार विवाहदेखि नै उनलाई दाइजोको लागि उत्पीडन गरिँदै आएको थियो।
ती बालिकाले प्रहरीलाई बताइन् कि उनका बुबाले पहिले आमालाई कुटे र झुण्ड्याइएर मारे। त्यसपछि झोलामा हालेर फ्याँकिदिए।
मृतक महिलाका बुबाले सोनालीले उनका ससुरालले दाइजोको रूपमा चारपाङ्ग्रे गाडी ल्याउन दबाब दिइरहेको बताए। उनकी छोरीले यसबारे उनलाई बताएकी थिइन्। तर उनी यो माग पूरा गर्ने अवस्थामा थिएनन्। बुबाले भने, 'उनका श्रीमान, देवर र भाउजुले रातिको समयमा रक्सीको नशामा छोरीलाई कुटपिट गर्थे। एक दिन बिहान ७ बजे, उनलाई उनका ससुरालबाट फोन आयो कि सोनाली अस्वस्थ छिन् र केही समयपछि उनीहरूले उनले झुण्डिएर आत्महत्या गरेको जानकारी दिए।
यसैबीच, प्रहरीले अभियुक्तलाई आफ्नो हिरासतमा लिएको बताएको छ। यस विषयमा आवश्यक कारबाही भइरहेको छ। एजेन्सी
प्रकाशित: ६ फाल्गुन २०८१ ०९:०४ मंगलबार