भारतको मणिपुरमा राष्ट्रपति शासन लागू भएको छ। केन्द्रीय गृह मन्त्रालयले यसबारे सूचना जारी गरेको हो।
यसअघि, आइतबार मुख्यमन्त्री एन बिरेन सिंहले पदबाट राजीनामा दिएका थिए। राज्यमा लामो समयदेखि जातीय हिंसा जारी रहेकाले उनी हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लाग्दै आएको थियो।
मुख्यमन्त्री हटाउन माग गर्दै मणिपुरका १९ भाजपा सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए। पत्रमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोङ्गम विश्वजित सिंह र युमनम खेमचन्द सिंहको हस्ताक्षर रहेको थियो।
प्रकाशित: १ फाल्गुन २०८१ २०:२६ बिहीबार