१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा डुङ्गा डुब्दा तीन जना बेपत्ता भएका छन्। योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ।

स्थानीय समयअनुसार बिहान ९ः२५ बजे चालक दलका सदस्य सहितको ३२ टन तथा २९ टन वजनको डुङ्गा टापु जेजुमा डुबेको हो।

उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो। बाँकी तीन जना चालक दलका सदस्यहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ। सिन्ह्वा  

प्रकाशित: १९ माघ २०८१ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App