१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीको एक होटलमा भीषण आगलागी हुँदा ७६ जनाको मृत्यु

उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्किएको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ।

घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए। घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गरे। मंगलबार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो। चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो।

व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनाहरू बसिरहेका थिए। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन्। सिन्ह्वा

प्रकाशित: ९ माघ २०८१ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App