फ्रान्सको एक अदालतले जीजेल पेलिकोको मुद्दामा फैसला सुनाउँदै, उनका पूर्वपति डोमिनिक पेलिकोसहित ५१ जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।
डोमिनिक पेलिकोमाथि एक दशकसम्म जीजेललाई बेहोस हुने औषधि दिएर अपरिचित व्यक्तिहरूबाट यौन दुर्व्यवहार गराएको आरोप थियो। अदालतले डोमिनिकलाई २० वर्ष र अन्य अभियुक्तहरूलाई ३ देखि १५ वर्षको जेल सजाय सुनाएको बीबीसीले जानकारी दिएको छ।
जीजेल पेलिकोले बलात्कारको मुद्दामा साहसिक कदम चालेको र न्यायका लागि संघर्ष गरेकोमा विश्वव्यापी सम्मान पाउन सफल महिला हुन्। उनलाई बीबीसीले उनलाई वर्षका १०० महिलाहरू मा समावेश पनि गरेको थियो।
प्रकाशित: ६ पुस २०८१ १३:२८ शनिबार