२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको आक्रमणलाई लिएर युक्रेन र बेलायतबीच छलफल

तस्बिर: रोएटर्स

रुसले बुधबार रातभर गरेको आक्रमणबारे युक्रेनले बेलायतसँग छलफल गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री सर केइर स्टारमरसँग रुसको रातभरको आक्रमणबारे कुरा गरेको बताएका हुन्। उनले भनेका छन्, हामीले युक्रेनको नागरिक पूर्वाधारकोविरूद्ध रूसी हवाई आतंकको पछिल्लो कार्य बारेमा कुराकानी गरेका छौं।

कुराकानीका क्रममा युक्रेनले बेलायतसँग थप रक्षा सहयोगबारे पनि आग्रह गरेको थियो। रुसको आक्रमणबाट तहसनहस बनेको युक्रेनका लागि बेलायतले वार्षिक ३ बिलियन पउण्ड स्टर्लिङ छुट्याउने तयारी गरेको छ। कुराकानीका क्रममा जेलेन्स्कीले त्यसका लागि बेलायतलाई धन्यवाद समेत दिएका थिए।

सैन्य गठबन्धन, नेटोमा सामेल हुन निमन्त्रणासहित कुनै पनि घटनाक्रमको सामना गर्न युक्रेन तयारी अवस्थामा रहेको उल्लेख गर्दै राष्ट्रपति जेलेन्स्कीले त्यसका लागि युरोपेली नेताहरूसँग नजिकको सम्पर्कमा रहन सहमत भएको बताएका थिए।

यसैबीच, युक्रेनले बुधबार राति भएको आक्रमणमा रुसले आफ्नो पावर प्लान्टलाई निशाना बनाएको बताउँदै ऊर्जा क्षेत्र फेरि आक्रमणको चपेटामा परेको उल्लेख गरेको छ।

प्रकाशित: १३ मंसिर २०८१ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App