२० मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको मुद्दा लडेका वकिललाई उपमहान्यायाधिवक्ताको पद उपहार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वकिल टोड ब्लान्चलाई उपमहान्यायाधिवक्तामा मनोनयन गरेका छन्। टोड ब्लान्चले ट्रम्पविरुद्ध लागेको हश मनी सम्बन्धीको मुद्दा लडेका थिए।

 ट्रम्पलाई न्यूयोर्कको एक अदालतले हश मनी मुद्दामा व्यापारिक रेकर्ड लुकाएको आरोपमा दोषी ठहर गरेको छ। यस्तो मुद्दामा दोषी ठहर हुने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्। 

नियुक्तिको लागि ब्लान्चलाई सिनेटको स्वीकृति आवश्यक हुन्छ। डोनाल्ड ट्रम्पले ब्लान्चको मनोनयनपछि भनेका छन, ‘टोड एक उत्कृष्ट वकिल हुन्। जो न्याय विभागमा एक महत्त्वपूर्ण नेता हुनेछन् । 

धेरै लामो समयदेखि भत्किएको न्याय प्रणालीलाई ठीक गर्नेछन्।’ ट्रम्पमाथि २०१६ को राष्ट्रपति चुनावअघि पोर्नस्टार स्टोर्मी ड्यानियल्सले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा (हश मनी) दिएको आरोप लगाएकी थिइन्।

साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप पनि लागेको छ।

प्रकाशित: ३० कार्तिक २०८१ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App