इन्डोनेशियाको एक आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा हवाई सेवा अवरुद्ध बनेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार होलिडे आइल्यान्ड नजिकै ज्वालामुखी विस्फोट हुँदा आकाश धमिलिएको छ। जसका कारण इन्डोनेशिया र अस्ट्रेलियाबीच हुने विभिन्न उडानहरू रद्द गरिएका छन्।
क्वान्टस, जेटस्टार र भर्जिन अस्ट्रेलियाले माउन्ट लुएताउबी लकी–लकीबाट निस्कने उडान सुरक्षित नभएका कारण स्थगित गरिएको जानकारी दिएको छ।
यसअघि गत साता भएको ज्वालामुखी विस्फोटमा १० जनाको मृत्यु भएको थियो।
प्रकाशित: २८ कार्तिक २०८१ १४:१० बुधबार