रुसले मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि युक्रेनमा देशव्यापी रुपमा हवाई चेतावनी जारी गरिएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्लो समय किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन्।
युक्रेनी सेनाले यस अघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो।
'सावधान! चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ', भन्ने सुचना टेलिग्राम मार्फत जारी गरिएको छ।
पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन्।
रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिएका छन्।
प्रकाशित: २८ कार्तिक २०८१ १३:१२ बुधबार