२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ। जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो।

श्रीलङ्काले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ। सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख डलर आम्दानी भएको डेली न्यूजले जनाएको छ।

श्रीलङ्कामा सन् २०२४ को पहिलो दश महिनामा १६ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ। यो सन् २ं०२३ को समान अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो।

श्रीलङ्काका लागि पर्यटन एक प्रमुख विदेशी राजस्व उत्पादन गर्ने माध्यम हो। पर्यटनले यस वर्ष २३ लाख र सन् २०२५ मा ३० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८१ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App