१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेन बाढी पहिरो अपडेट: ज्यान गुमाउनेको सख्या १ सय ५८ पुग्यो,उद्दार कार्य जारी

स्पेनमा आएको बाढीका कारण मृत्यु हुनेको सख्या एक सय ५८ पुगेको छ। बाढीमा अझै सयौं मानिस बेपत्ता भएको आशंका गरिएको छ। स्पेनमा लामोसमय यता यस्तो बाढी आएको थिएन। ५० वर्षपछि स्पेनमा यति ठूलो बाढी आएको बताइएको छ। 

पूर्वी प्रान्त भ्यालेन्सिया आसपासमा अविरल वर्षा भएपछि उर्लिएको बाढीले सयौं संरचना र घर ध्वस्त बनाएको छ। बाढीले पुल र सडक बगाउदा अवागमन अवरुद्ध भएको बीबीसीले जनाएको छ। बाढी बढेपछि केही मानिस घरको छत र ठूला रुखमा चढेर बाच्न सफल भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

अहिले उद्दारको प्रयास भइरहेको छ।  ड्रोनको प्रयोगगरी उद्धार अभियान जारी छ। प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूलाई सबै भन्दा पहिले बचाउनु नै आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। बाढीले बगाएका शहरहरुमा माटो र भग्नावशेषबाट शव निकाल्ने काम भइरहेको छ। 

स्पेनमा सन् १९७३ मा यस्तै बाढी आएको थियो। त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको मृत्यु भएको थियो। जलवायु परिवर्तनका कारण यति ठूलो वर्षा भएको त्यहाको मौसम विभागले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८१ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App