१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानको पूर्वी क्षेत्रमा इजरायली सेनाको आक्रमणः ६० जनाको मृत्यु, ५८ घाइते

लेबनानमा इजरायली सेनाले आक्रमण गर्दा ६० जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार देशको पूर्वी बेका क्षेत्रमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५८ जना घाइते भएका छन्।

बीबीसीका अनुसार हिजबुल्लाहको बलियो क्षेत्र मानिने यस क्षेत्रमा गरिएको आक्रमणबारे भने इजरायलले कुनै प्रतिक्रया दिएको छैन।

पछिल्लो पाँच हप्तामा इजरायलले लेबनानको विभिन्न स्थानमा गरेको आक्रमणमा २ हजार ६ सयभन्दा बढी मारिएको लेबनानले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App