भारतको केरल राज्यमा रहेको एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० जना घाइते भएका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार केरलको कासरगोडमा थेय्यम पर्व मनाउने क्रममा अन्जुथम्बलम मन्दिरमा पटाखा विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्। घाइते मध्ये ८ जनाको अवस्था गम्भीर बताइएको छ।
समाचार संस्था पीटीआईका अनुसार सोमबार राति उक्त घटना भएको हो।
घाइतेहरूको कासरगोड, कन्नूर र मंगलुरूस्थित अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: १३ कार्तिक २०८१ ११:३८ मंगलबार