अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन्।
बीबीसीका अुनसार अमेरिकाको जर्जिया राज्यमा आयोजित भेलाको क्रममा उनले अमेरिका गलत दिशामा गइरहेको र धर्मले नै अमेरिकालाई एकसाथ जोडेर राख्ने गरेको बताए।
उनले जुलाईमा आफूमाथि भएको आक्रमणबारे कुरा गर्दै चमत्कारका कारण नै आफूलाई केही नभएको उल्लेख गरे।
यसैबीच, डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफू मानसिक जाँचका लागि तयार रहेको र ट्रम्पलाई पनि त्यसको जाँच गराउनका लागि चुनौती दिएकी छिन्।
उनले ट्रम्पलाई आईक्यू टेस्टका लागि पनि चुनौती दिइन्।
अमेरिकामा आगामी ५ नोभेम्बरमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। जसमा रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प उम्मेदवार छन् भने डेमोक्रेटिक पार्टीको तर्फबाट कमलालाई उम्मेदवार बनाइएको छ।
प्रकाशित: १३ कार्तिक २०८१ ०९:१३ मंगलबार