७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिजबुल्लाह नेता हाशिम तीन साता अघिकै आक्रमणमा मारिए: इजरायली सेना

इजरायलले हिजबुल्लाहका नेता हाशिम सफिद्दीन मारिएको दावी गरेको छ।

गत महिना हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह इजरायली आक्रमणमा मारिए पछि हाशिमलाई उनको उत्तराधिकारी मानिएको थियो।

बीबीसीका अनुसार इजरायली सेनाले हाशिम तीन हप्ता अघि कै इजरायली आक्रमणमा मारिएको दावी गरेको छ।

लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरीय क्षेत्रमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएको इजरालयी सेनाले बताएको छ। तर, हाशिमको मृत्युबारे भने हिजबुल्लाहले हालसम्म पुष्टि गरेको छैन।

हिजबुल्लाहका अधिकारीहरूले गत ४ अक्टुबरमा बेरूतको विमानस्थल नजिक भएको इजरायली आक्रमण पछि हाशिमसँगको सम्पर्क विच्छेद भएको बताएको थियो। त्यसपछि हाशिमबारे कुनै प्रतिक्रिया हिजबुल्लाहले दिएको छैन।

मंगलबार इजरायली सेनाले वक्तव्य जारी गर्दै हाशिमको मृत्यु भएको बताएको हो।

प्रकाशित: ७ कार्तिक २०८१ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App