६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिजबुल्लाहलाई सहयोग गर्ने बैंक तथा वित्तीय संस्था इजरायलको निशानामा,लेबनानमा दर्जनौं भवन ध्वस्त

हिजबुल्लाह समूहप्रति आक्रोशित इजरायलले लेवनानमाथिको आक्रमणलाई तिब्रता दिन थालेको छ।

हिजबुल्लाह समूहलाई सहयोग गर्ने संस्थामाथि पनि इजरायल आक्रामक हुन थालेको हो।इजरायलले आइतबार राति हिजबुल्लाह समूहलाई सहयोग गर्ने बैंक तथा वित्तिय संस्थामाथि आक्रमण गरेको छ। 

राजधानी बेरुत तथा दक्षिणी लेबनानका कयौँ वित्तिय संस्थामा आक्रमण भएको बीबीसीले जनाएको छ।रातभरी नै ति क्षेत्रमा विस्फोटको आवाज सुनिएको समाचारमा उल्लेख छ।

आक्रमणबाट वित्तीय संस्था रहेका ठूला भवन ध्वस्त भएका छन्। यस्तै हिजबुल्लाहकै नियन्त्रण रहेको बेरुतको दक्षिणी क्षेत्र दहिह शहरमा इजरायली सेनाले आठवटा हवाई आक्रमण गरेको छ।आक्रमणअघि इजरायलले  बेरुतसहितका विभिन्न २४ स्थान खाली गर्न चेतावनी जारी गरेको थियो।

यसअघि हिजबुल्लाह समूहले आइतबार इजरायलका विभिन्न सैन्य क्याम्पलक्षित रकेट प्रहार गरेको थियो। 

प्रकाशित: ५ कार्तिक २०८१ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App