७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी लेबनानबाट आफ्ना सेना नहटाउने राष्ट्र सङ्घको निर्णय

संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना सेनालाई नहटाउने अडान लिएको छ।

इजरायलले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबनानमा आफ्ना सेनालाई हटाउन बारम्बार दबाब दिँदै आएको छ। तर, सङ्घले लेबनानबाट आफ्ना सेना नहटाउने बताएको छ।

यूएन पीसकीपिङ्ग अपरेशन्सका प्रमुख ज्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै यूनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनिफिल) बाट आफ्ना सेनालाई नहटाउने प्रष्ट पारेका छन्।

राष्ट्र सङ्घको उक्त निर्णयप्रति संयुक्त राष्ट्र सुरक्षा परिषद र यूनिफिलमामा आर्थिक सहयोग दिँदै आएका मुलुकहरूले पनि समर्थन जनाएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतवार यूनिफिललाई आफ्नो शान्ति सेनालाई दक्षिण लेबनान खाली गर्न भनेका थिए। साथै आइतवार इजरायलले यूनिफिलको क्याम्पमाथि पनि तोडफोड गरेको थियो। जसको राष्ट्र सङ्घ लगायत अन्य मुलुकले निन्दा गरेका छन्।

यूनिफिल शान्ति रक्षक मिशन १९७८ मा गठन भएको हो। यसले छिमेकी राष्ट्रसँग शत्रुता रोक्ने र दक्षिणी लेबनानका नागरिकलाई मानवीय सहायता पुर्याउने काम गर्छ।

राष्ट्र सङ्घको उक्त अडान पछि अब इजरायलले कुन बाटो अपनाउँछ भनेर हेर्न बाँकी छ। 

प्रकाशित: २९ आश्विन २०८१ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App