२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ८ जना घाइते भएका छन्।

लेबनानले गरेको आक्रमणमा ४ इजरायली सेनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानको हरेक क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका थिए। उनको चेतावनी लगतै इजरायली सेनाले आक्रमण गरेको हो।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा इजरायलले गरेको आक्रमणमा परी १ हजार ७ सय जनाको मृत्यु भएको छ।

यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ।

प्रकाशित: २९ आश्विन २०८१ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App