२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले २० जना कामदारको गोली हानी हत्या गरेको छ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउदै आएको छ। यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो।

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, 'बिहीवार राति ४० जना आक्रमणकारीहरूले राति (स्थानिय समय १२ः३० बजे) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए।'

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताए।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतवार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ।

आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउने गरेका छन्।

शुक्रवारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो। रासस

प्रकाशित: २५ आश्विन २०८१ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App