४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केजरीवाल निकट आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीको जिम्मेवारी आम आदमी पार्टी (आप) की आतिशी मरलेनाले पाएकी छिन्।

दिल्ली सरकारका मन्त्री गोपाल रायले अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेपछि आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय भएको बताए।

आतिशीलाई मङ्गलवार बसेको बैठकबाट पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चुनिएको छ।

केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको कामकाज सम्हाल्दै आएको र उनी केजरीवाल सरकारको शिक्षा मन्त्री समेत थिइन्।

केजरीवालले मङ्गलवार उप–राज्यपाल वीके सक्सेनालाई राजीनामा दिने तयारीमा छन्। उनको राजीनामा पछि आतिशीले पदभार सम्हाल्ने छिन्।

सन् २०२० को विधानसभा निर्वाचनमा पहिलोपटक सांसद बनेकी आतिशी २०२३ मा पहिलोपटक केजरीवाल सरकारमा मन्त्री बनेकी थिइन्। उनलाई केजरीवालको निकट र विश्वासपात्रको रुपमा पनि लिइन्छ।

प्रकाशित: १ आश्विन २०८१ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App