३० आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन भएको छ ।  

केही समययता अस्वस्थ रहेका ७२ वर्षीय यचुरीको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो उनको निधन भएको हो ।  

सेप्टेम्बर १० मा सीपीएमले जारी गरेको विज्ञप्तिमा यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको बताइएको थियो । यचुरीलाई श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण रहेको र पछिल्लो समय कृतिम श्वासप्रश्वास दिइएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

उनको शरीर शिक्षण र अनुसन्धानका लागि अस्पताललाई दान गरिएको छ । 

उनी राज्यसभाका पूर्व सांसद पनि हुन् ।  येचुरी २०१५ मा सीपीएमको महासचिवको रूपमा प्रकाश करातको स्थानमा आएका थिए।  

यचुरीले भारत अमेरिका आणविक सम्झौतामा सरकारसँगको वार्तामा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । जसका कारण वामपन्थी दलहरूले यूपीए १ सरकारलाई करातको अडिग अडानका कारण समर्थन फिर्ता लिएका थिए। 

सन् १९७४ मा स्टुडेन्ट्स फेडरेसन अफ इन्डियामा सामेल भएका यचुरी अर्को वर्ष पार्टीको सदस्य बनेका थिए, केही महिनापछि आपतकालिन समयमा पक्राउ परेका थिए।

येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । 

नेपालमा उनी नेकपा एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो थियो । नेपालको शान्ति प्रक्रियालाई समेत सहयोग गरेका येचुरीले नेपालमा जनआन्दोलन चल्दा केही नेतासँग मिलेर भारतमा सोलिडारिटी ग्रुप बनाएका थिए ।

प्रकाशित: २७ भाद्र २०८१ १७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App