२ माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियन प्रहरीद्वारा हेरचाह गृहबाट ४ सय २ बालबालिकाको उद्धार

मलेसियाली अधिकारीले हेरचाह गृहबाट ४ सय बालबालिकाको उद्धार गरेको छ। प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले बुधवार सेलाङ्गोर र नेग्री सेम्बिलान राज्यमा विभिन्न परोपकारी घरहरूमा छापा मार्दा एकदेखि १७ वर्ष उमेरका चार सय दुई बालबालिकाको उद्धार गरिएको बताए।

बिहानै छापा मार्दा प्रहरी र अन्य एजेन्सीका करिब एक हजार कर्मचारी सहभागी थिए। महानिरीक्षक रजारुद्दिनका अनुसार इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरूको हेरचाह गर्नेसहित एक सय ७० जनालाई पक्राउ समेत गरिएको छ।

हेरचाह गर्नेहरूले पीडितहरूमाथि यौन दुर्व्यवहार गरेको र अन्य बालबालिकालाई दुर्व्यवहार गर्न बाध्य पारेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको रजारुद्दिनले पहाङ राज्यमा पत्रकार सम्मेलनमा बताए।

उनका अनुसार पाँच वर्षसम्मका केही बालबालिकालाई तातो चम्चाले पनि डामिएको थियो।

बालबालिकालाई अस्थायी रूपमा राजधानी क्वालालम्पुरस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा राखिने र उनीहरूको स्वास्थ्य परीक्षण गरिने पनि उनले जानकारी दिए। रासस

प्रकाशित: २७ भाद्र २०८१ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App