१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पमाथि कमला ह्यारिस हावी, भनिन्ः भूतबाट वर्तमानमा आएर बहस गर्नुस्

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका दुईजना उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्प बीचको बहुप्रतिक्षित बहस सकिएको छ।

करिब ९० मिनट चलेको लामो राष्ट्रपतिय बहसमा दुबै उम्मेदवारले एक अर्काको कडा आलोचना गरेका छन्।

‘द एबीसी न्यूज प्रेसिडेन्शियल डिबेट’ नाम दिइएको उक्त बहसको समापनमा ह्यारिसले अमेरिकाको भविष्यलाई लिएर आफ्नो र ट्रम्पको दृष्टिकोण निकै फरक रहेको बताइन्।

उनले आफ्नो ध्यान अमेरिकाको भविष्यमाथि रहेको तर, ट्रम्प भूतकालमै अड्किरहेको बताइन्। तर, ट्रम्पले अमेरिका बर्बाद हुने बाटोमा गइरहेको र विश्व हामीमाथि हाँसिरहेको बताए।

उनले भने, ‘यदि नोभेम्बरमा ह्यारिसले निर्वाचन जितिन् भने तेस्रो विश्वयुद्ध सुरु हुनेछ। उनलाई नीतिसँग कुनै मतलब छैन।’

ट्रम्पले ह्यारिसले निर्वाचन जितेमा इजरायलको अस्तित्व नै सकिने पनि बताए। 

ट्रम्पले ह्यारिसमाथि व्यक्तिगत टिप्पणी गरेपछि उनले भनिन्, ‘विदेशी नेता ट्रम्पमाथि हास्ने गरेका छन्। ट्रम्प सँधै अमेरिकी नागरिकलाई नस्लिय आधारमा बाँड्ने कोशिश गर्दै आएका छन्।’

ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडन असफल राष्ट्रपति भएको ट्रम्पले टिप्पणी गरेपछि ह्यारिसले जवाफ दिँदै भनिन्, ‘तपाईं चुनाव मसँग लड्दै हुनुहुन्छ। बहस पनि म र मेरो एजेन्डाबारे गर्नुस्।’

ट्रम्पमाथि हावी हुँदै कमलाले हरेक एजेन्डामा जवाफ दिइन्।

बहसमा युक्रेन–रूस युद्ध, इजरायल–हमास युद्ध, अमेरिकामा आप्रवासीको अवस्था लगायत विभिन्न मुद्दामा बसह भएको थियो।

प्रकाशित: २६ भाद्र २०८१ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App