३० भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा चिन्ताजनक ‘एक्लोपन’: ६ महिनामै ४० हजारको ‘लावारिस मरण’

जापानमा यसवर्ष सन् २०२४ को पहिलो ६ महिनाको दौरानमा करिब ४० हजार जना मानिसको एक्लै घरमा रहेका बेला मृत्यु भएको छ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार ३७ हजार २२७ जना व्यक्ति एक्लै घरमा मृत फेला परेको बिबिसीले जनाएको छ। मृतकहरूमध्ये ७० प्रतिशत व्यक्ति ६५ वर्षभन्दा माथिका छन्।

प्रहरीका अनुसार यसरी मृत्यु भएकामध्ये करिब चारहजार व्यक्तिको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ। जसको वास्तविक संख्या तीन हजार ९३९ छ।

यस्तै १३० जनाको शव त एकवर्षसम्म वेपत्ता रहेको देखिएको छ। जसको खोजी प्रहरीले नगर्दासम्म अन्य कसैले गरेको पाइएन्। यस्तै करिब ४० प्रतिशत मृतकको शव मरेको एकदिनभित्रै भेटिएको छ।

जापानकै एक टेलिभिजनका अनुसार प्रहरीले उक्त तथ्यांक एक सरकारी एजेन्सीलाई दिन्छ। जसले यसरी लावारिस मृत्युको जाँच गर्छ। संयुक्त राष्ट्र संघका अनुसार अहिले जापानमा विश्वमै सबैभन्दा बढी बुढ्यौली (ज्येष्ठ नागरिक) को जनसंख्या छ।

यस्तै, जापानमा पछिल्लो समय एक्लोपन पनि मुख्य समस्याका रूपमा आएको छ। एक्लोपन बुढ्यौली समयसम्म पुग्दा झन् जटिल बन्दैजाने जापान प्रहरीको आँकलन छ। एक्लोपनकै कारण एक्लै बाँँच्ने र एक्लै मर्दा त्यसले सिर्जना गर्ने समस्या झन्झन् जटिल बन्दै जाने प्रहरीको चिन्ता छ।

जापानको राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनुसन्धानले सन् २०५० सम्म जापानमा ६५ वर्ष भन्दा माथिको जनसंख्या करिब एक करोड पुग्ने अनुमान लगाएको छ। त्यो बेला एक्लोपन बढ्दै जाँदा अत्याधिकमा लावारिस मृत्यु पनि चिन्ताजनक रुपमा पुग्ने प्रहरीले जनाएको छ।

-बिबिसीबाट

प्रकाशित: १५ भाद्र २०८१ २१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App