३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोवेल पुरस्कार विजेता यूनुसलाई सरकारको मुख्य सल्लाहकार बनाउन प्रस्ताव

बङ्गलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले नोवेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई सरकारको मुख्य सल्लाहकारको रुपमा प्रस्ताव गरेका छन्।

शेख हसीनाले राजीनामा दिएपछि देश चलाउनका लागि गठन हुने अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक यूनुसको नाम नाहिदले प्रस्ताव गरेका हुन्।

उनले राष्ट्रपति मोहम्मद सहाबुद्दिनलाई सक्दो छिटो यूनुसको नेतृत्त्वमा अन्तरिम सरकार गठनका लागि आग्रह समेत गरेका छन्।

आन्दोलनको समन्वय गरिरहेकामध्येका एक नाहिदले आज बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन्।

युनुस तीनै व्यक्रि हुन् जोमाथि गत जुनमा भ्रष्टाचारको आरोपसहित ढाकाको एक अदालतमा मुद्दा दायर छ।

उनीमाथि देशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख अमेरिकी डलरभन्दा बढी अपचलन गरेको आरोप लगाइएको छ।

प्रकाशित: २२ श्रावण २०८१ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App