१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस र अमेरिकाबीच सम्झौता, संवाददातासहित २६ जना रिहा

रुस र अमेरिकाबीच भएको सहमति पछि २६ जनालाई रिहा गरिएको छ। बिहीवार टर्कीएको अङ्कारामा रुस र ६ पश्चिमी मुलुकहरू बीचको अदलाबदली पछि २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ।

रिहा हुनेमा अमेरिकी संवाददाता इभान गेर्शकोविच र अमेरिकी पूर्वमरिन पाउल ह्वेलन पनि रहेका छन्।

रुसले हिरासतमा लिएका १६ पश्चिमी नागरिकको बदलामा दुई नाबालिगसहित १० रुसी नागरिकलाई सुम्पिएको टर्कीका राष्ट्रपति रेचेप अर्दोआनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको थियो।

गेर्शकोविच र ह्वेलनका साथै बेलारुसमा कैदमा परेका जर्मन नागरिक रिको क्राइगर, रुसी असन्तुष्ट इल्या याशिन र एक चेचेन पृथकतावादीको हत्या गरेको आरोपमा जर्मनीमा थुनिएका रुसी गुप्तचर कर्णेल वादिम क्रासिकोभ पनि रिहा भएका छन्।

रुसले मुक्त गरेका बन्दीहरूमा १३ जना जर्मनी र तीन जना संयुक्त राज्य अमेरिका गएका छन्। विज्ञप्तिमा  संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे, बेलारुस र रुसबाट कैदीहरूलाई अङ्कारा पठाइएको उल्लेख छ। रासस

प्रकाशित: १८ श्रावण २०८१ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App